You are viewing the translated version of नियम बनाउने अधिकार.

Section 67
नियम बनाउने अधिकार
(१) यस ऐनको कार्यान्वयनको लागि विश्वविद्यालयले देहायका विषयहरूमा नियमहरू बनाउन सक्नेछः-
(क) सङ्गठन तथा शैक्षिक प्रशासन,
(ख) आर्थिक व्यवस्थापन तथा खरिद,
(ग)- स्वायत्तता तथा विकेन्द्रीकरण, र
(घ) ऐन कार्यान्वयन गर्न आवश्यक पर्ने अन्य विषयहरू।
(२) उपदफा (१) बमोजिम नियम बनाउँदा नेपाल सरकारलाई थप आर्थिक व्ययभार पर्ने भएमा नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ।